कञ्चनपुरको भीमदत्त–६ मा काँग्रेसका प्रकाश चन्द विजयी

dream cafe
learnar

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्।

अन्तिम मतगणनाअनुसार चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।

वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.