डडेल्धुरा जेसीजले बाँड्यो देहीजाँतमा निःशूल्क खानेपानी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा जेसीज वर्ष २०२४ ले शनिबार उग्रतारा मेला ( देहीजाँत) मा सहभागी दशनार्थी तथा भक्तजनहरूलाई निःशुल्क खानेपानी वितरण गरेको छ।

डडेल्धुरा जेसीज वर्ष २०२४ ले मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरिरएको जेसीज सप्ताह कार्यक्रमको पहिलो दिन उग्रतारा मन्दिरमा लाग्ने देहीजाँत मेलाका भक्तजनहरूलाई नि:शूल्क खानेपानी वितरण गरेको हो।

Ird

HARDIK AGRo NEw

मेला भर्न आएका दर्शनार्थीलाई सय पेटी पानी वितरण गरेको जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐरले बताइन्।

डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले नवदुर्गा गाँउपालिका-१ का ८२ वर्षीय नबलसिंह ऐरलाई पानीको बोतल प्रदान गरि उद्घाटन गरिएको थियो।

साथै, जेसीजले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई मायाको चिनो प्रदान गरेका थिए।

जेसीज सप्ताह अन्तरगत डडेल्धुरा जेसीजले साताव्यापी कार्यक्रम गरिरहेकाे छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.