गन्यापधुराका पहिरो पीडितलाई राहत वितरण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका-२ का पहिरोबाट प्रभावित तीन परिवारलाई राहत वितरण गरिएको छ।

आज (सोमबार) जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराले गन्यापधुरा गाउँपालिकाका पहिरो प्रभावित तीन परिवारलाई राहत वितरण गरेको हो।

GBL NEW

गत साउन ३२ गतेको अविरल वर्षासंगै आएको पहिरोले प्रभावित भएका गन्यापधुरा गाउँपालिका –२ की मुन्नीदेबी भण्डारीलाई १५ हजार तथा भदौ २८ गते पहिरोले घर क्षति भएका गन्यापधुरा–२ का इश्वरीदेवी पाल र देबबहादुर देउवालाई २०/२० हजार राहतस्वरूप उपलब्ध गराइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए।

यस्तै, बहुउद्देश्य विकास समाज (एमपिडिएस) डडेल्धुराले पनि प्रति परिवार २५ किलो चामल, दुई लिटर तेल, चार किलो दाल, दुई किलो चिनी र १ कुलो नुन सहयोग गरेको हो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.