डडेल्धुरामा पहिलोपटक अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

dream cafe
learnar

डडेल्धुरा: जिल्ला सदरमुकाममा पहिलो अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको आज (आइतवार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले उद्घाटन गरे।

Bohora madico

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले समाजको सशक्तीकरणमा खेलकुदले ठूलो भूमिका निर्भर गरेको बताए। उनले खेलाडीले आत्मविश्वासका साथ आफ्नो प्रतीभा देखाउनुपर्ने बताए।

HARDIK AGRo NEw

जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा ज्ञानोदय विद्यालय निकेतन तुफानडाँडाको प्राङ्गणमा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमले सहभागिता जनाएका छन्।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार तथा जिल्लामा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताए।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, द्विययले २५ हजार १ सय ११ तथा तृतीय हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर र बेस्ट सेटरलगायत अन्य विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता भोलिसम्म चल्नेछ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.