सस्थागत विकास र व्यवसायीको हकहितमा काम गर्छु – भोजराज भट्ट

उद्योगी व्यवसायी बीच सूचना प्रवाहमा सहजता ल्याउने, लेखा प्रणाली र कर प्रणाली व्यवस्थीत गर्न तालिम सञ्चालन गर्ने

dream cafe
learnar

डडेलधुरा ।युवा व्यवसायी भोजराज भट्टले डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघको १२ औं जिल्ला अधिवेशनमा भट्टले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । डडेल्धुरा उद्योग वाणिज्य संघको भदौ २५ गते हुन गइहेको निर्वाचनका लागी भट्टले अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी दिनु भएको हो ।

HARDIK AGRo NEw


स्टेशनरी व्यवसायबाट व्यापार शुरुवात गरेका भट्ट जिल्लाको सफल व्यवसायीका रुपमा चिरपरिचित हुनुहुन्छ । वि.स. २०३६ सालमा तत्कालिन असिग्राम गाविसको वडा नं ७ भातकाडामा जन्म लिएका उहाँ वि.स. २०५९ सालदेखी व्यापार व्यवसायमा लागेको बताउनुहुन्छ । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेलधुराको विभिन्न पदमा निर्वाचित भई काम गरि सकेका उहाँ अघिल्लो निर्वाचनमा लोकराज भट्टसंग झिनो मतले पराजय हुनु भएको हो ।
समाजसेवी भट्टले यस पटक आफुलाई अध्यक्ष पदमा मत दिई विजयी गराउन सम्पुर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नु भएको छ । डडेलधुराका व्यवसायीहरुको पक्षमा सदैव सेवा गर्ने लक्ष्यका साथ आफुले नेतृत्वमा आउन खोजेको भट्ट बताउनुहुन्छ । उहाँले व्यवसायीक हकहित, प्रबर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सस्थागत विकास संगै व्यापारीहरुको हक र अधिकार सुनिश्चितताका लागी आफु लागी पर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गरी तत्काल फोहोर मैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनको लागि पहल गर्ने, फलफूल, तरकारी व्यावसायका लागि छुट्टै बजारको खोजी गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै तरकारी फलफूल बजार उपलब्ध गराउने, व्यवसायीहरुको सुरक्षाका लागी सिसि क्यामेरा जडान गर्ने लगायतका कामहरु गर्ने आश्वासन दिनु भएको छ ।
यसका साथै स्थानीय उत्पादित तरकारी फलफुल भण्डारणका लागि शीत भण्डारको निर्माणका लागि पहल गर्ने र निर्माणाधीन उद्योग ग्रामलाई यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन समन्वय गर्ने, बजार क्षेत्रमा रात्रीकालीन चौकीदार तथा नगर प्रहरीको व्यवस्थाका लागि पहल गर्ने उहाँले बताउनुभयो । यसका साथै मोवाइल एप्लिकेशन तयार गरी उद्योगी व्यवसायी बीच सूचना प्रवाहमा सहजता ल्याउने, लेखा प्रणाली र कर प्रणाली व्यवस्थीत गर्न तालिम सञ्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

Bohora madico


यस्तै स्थानीय कला संस्कृति तथा पर्यटन प्रबर्द्धनका लागि प्रत्येक वर्ष मेला महोत्सव आयोजना गर्ने तथा व्यवस्थीत बसपार्क, सभाहल, सडक विस्तार, कृषि बजार निर्माणका लागि सम्बन्धित निकायसंग पहल गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहुनु भएका भट्ट उग्रतारा शित भण्डार उद्योग प्रा.लि डडेल्धुराका अध्यक्ष, डि.एस. ईन्कर्पोरेट प्रालिका अध्यक्ष, शुभम तारापुञ्ज फर्निचार उद्योग अमरगढी नगरपालिका – ५ तुफानडाडाका प्रोपराईटर हुनुहुन्छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.