बेपत्ता धामीको परिवारलाई डडेल्धुरा प्रशासनद्वारा आर्थिक सहयोग

dream cafe
learnar

डडेल्धुरा : गत भाद्र २८ गते परेको अविरल वर्षाका कारण खोलाले बगाएर बेपत्ता भएकी प्रतिभा धामीको परिवारलाई राहत वितरण गरिएको छ।

आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले बेपत्ता धामीका परिवारलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

Amargadhi Education

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दुई लाखको चेक बेपत्ता धामीका बाजे रधुवा धामीलाई प्रतिभा अध्ययनर विद्यालयमा  पुगेर हस्तान्तरण गरेका थिए।

अजयमेरु फाैजी केरा

विपद्का कारण मृत्यु भएका र बेपत्ता परेका व्यक्तिका परिवारलाई नेपाल सरकार गृह मन्त्रालययबाट क्रिया खर्च बाफतको रकम बेपत्ता धामीका परिवारलाई हस्तान्तरण गरिएको प्रजिअ न्यौपानेले बताए।

परशुराम नगरपालिका डडेलधुराका उपप्रमुख बिमला महताले मृतक परिवारलाई नगर स्तरीय विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्ने आश्वासन दिइन्।

भाद्र २८ गते शुक्रबार बिहान परशुराम नगरपालिका–८ धनुकेकी १५ वर्षीया छात्रा धामी घर नजिकैको बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा जम्रानी खोलाले बगाएर बेपत्ता भएकी थिइन्।

उनकाे खाेजी कार्य भइरहेकाे भएपनि शव अझै फेला परेकाे छैन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.