बोहरा मेडिको सेन्टर

डडेल्धुरामा अनलाइनबाटै नागरिकता सिफारिस, वडाका कर्मचारीलाई दिइयो तालिम

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ।

नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्ने तयारी भएको हो।

CNA

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलेका अनुसार नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरि आज (शुक्रबार) सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरुलाई तालिम दिइएको छ।

GBL NEW

५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा ५२ वटा वडा कार्यालय छन्।

अब सबै वडाले अनलाइनमार्फत सिफारिस गर्न सक्ने छन्।

अहिलेसम्म सबै वडा कार्यालयहरुले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए।

सेवा सुरु भएसँगै नागरिकताका लागि स्थानीयलाई थप सहज हुने प्रजिअ न्यौपानेको विश्वास छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.