धनगढी पुगेर एमाले महासचिव पोखरेलले भने : रविले सहकारीको अनुसन्धानलाई रोक्न खोजे

dream cafe
learnar

धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको विषयमा भइरहेको अनुसन्धानलाई रोक्न खोजेको आरोप लगाएका छन् । प्रेस चौतारीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले अनुसन्धान रोक्न भइरहेका गतिविधिले कानुनी राज्यको उपहास गरेको बताए ।

‘सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि लागेको आरोपमा सन्दर्भमा अनुसन्धानलाई नै रोक्ने प्रकारका जुन गतिविधि भइरहेका छन्, ती कानुनी राज्यमाथिको उपहास हो,’ पोखरेलले भने, ‘अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको अध्यक्षले निसर्त सहयोग गर्नुपर्छ ।’ सुशासनका कुरा गर्न राजनीतिक दल घोषणा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नचाहनु गलत रहेको उनको भनाइ छ ।

Ird
HARDIK AGRo NEw

‘अनुसन्धानको प्रक्रियाबाट भागेर सुशासन दिन सकिन्छ ?’ उनले प्रश्न गरे । सरकारीको रकम जथाभावी खर्च गरेर हिनामिना गर्नमा लामिछानेको संलग्नता रहेको महासचिव पोखरलले आरोप लगाए । मिडिया आर्थिक संकटमा गुर्जिरहेका वेला सरकारीबाट पैसा ल्याउनकै लागि मिडिया कम्पनी स्थापना गरेको अनुसन्धानबाट प्रस्ट भएकोे उनले बताए। लामिछानेलाई संकेत गर्दै उनले तत्कालीन प्रबन्ध–निर्देशकले सहकारीबाट आएको पैसा जथाभावी खर्च गर्दा बचतकर्ताको रकम संकटमा परेको बताए । पोखरेलले लामिछानेको नाम भने उल्लेख गरेनन् ।

‘एउटा कम्पनी खडा गरेर सबै लगानी कानुनविपरीत सहकारीबाट ल्याएको पाइएको छ । सञ्चारमाध्यम संकटमा रहेका वेला टेलिभिजन सञ्चालनको काम किन गरियो भन्दा यो तरिकाबाट पैसा प्राप्त गर्न गरिएको रहेछ,’ उनले भने, ‘कुनै पनि प्रबन्ध–निर्देशकले स्रोत के हो, रकमको दायित्व कम्पनीको हुन्छ भन्ने नबुझी जथाभावी खर्च गर्दा रकम संकटमा पुगेको हो, संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, मैले क्लिनचिट पाएँ भन्न मिल्दैन ।’ संसदीय समितिको प्रतिवेदनले कारबाहीको सिफारिस गरेको भए पनि क्लिनचिट पाएँ भनेर हल्ला फैलाइएको पोखरेलले बताए ।

नेपालमा सहकारीको विषयमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यका साथ अमेरिकामा प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीविरुद्ध नाराजुलुस भयो भनेर कुप्रचार गर्ने प्रयत्न गरिएको उनले दाबी गरे । उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्रीविरुद्ध त्यहाँ कुनै गतिविधि नभएको दाबी गरे ।

‘अवरोध भयो, नाराजुलुस भयो भनेर जुन हल्ला फैलाइएको छ, कुनै गतिविधि भएको छैन । चर्चामा ल्याइएका सबै अनुचित र भ्रमपूर्ण कुरा हुन्,’ पोखरेलले भने, ‘नेपालमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यका साथ प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीविरुद्ध कुप्रचार गर्ने प्रयत्न गरिएको छ। यसले वैकल्पिक शक्ति निर्माण गर्नेहरूको नियत उजागर गरेको छ।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.