कृषकलाई रासायनिक विषादीको प्रयोग बारे सिकाउँदै अमरगढी

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले कृषकलाई रासायनिक विषादीको प्रयोग बारे अभिमुखिकरण तालिम दिन सुरु गरेको छ।

आज (सोमबार) अमरगढी नगरपालिका-११ फिन्नेकोटबाट अभिमुखिकरण तालिम सुरु भएको हो।

Amargadhi Education

रासायनिक विषादी प्रयोग बारे अभिमुखिकरण तालिम अमरगढी ११ को फिन्नेकोटमा सुरु गरिएको भएपनि नगरका सबै वडामा तालिम सञ्चालन हुने नगरपालिकाको कृषि विकास शाखा प्रमुख रमेश भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार फिन्नेकोटमा विषादीको कारण क्यान्सर रोगी बढेको भन्ने गुनासो आइरहेको कारण तालिम सञ्चालन गरिएको हो।

अजयमेरु फाैजी केरा

‘विषादीको प्रयोग, सावधानी लगाएतका विषयमा कृषकलाई जानकारी गराउँदै छौं। यो पहिले नै दिइनुपर्ने तालिम हो,’ उनले भने, ‘हामीले उत्पादन बढाउने लगाएतका अनेक तालिम दियौं। विषादीको बारेमा दिएको देखेन। त्यसैले कृषकले अन्धाधुन्ध विषादी प्रयोग गर्ने गरेका छन्।’

फिन्नेकोट तरकारी उत्पादनमा जिल्लामै अगाडि रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीरा जोशीले बताए।

पछिल्लो समय तरकारीमा विषादी प्रयोगले नेपालीको जनजीवनमा उथलपुथल भइरहेको उनको भनाइ छ।

‘रासायनिक मल र विषादीले मानव स्वास्थ्य जोखिममा छ। विषादी प्रयोग कर्तासँगै उपभोक्ता पनि जोखिममा छन्,’ उनले भने, ‘पहिलेपहिले विषादीको लागि कृषि कार्यालयमा गएर बल्लतल्ल मात्रै पाइन्थ्यो। तर, आजभोलि जत्ति पनि किन्न पाइन्छ। जिल्लामा धेरै एग्रोभेट खुल्नु हाम्रो दुर्भाग्य हो।’

उनले अभिमुखिकरण कार्यक्रमले विषादी प्रयोग बारे कृषकले धेरै कुरा सिक्न पाउने बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.