सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपाली क्रिकेटमा स्वर्णिम युग सुरु : अध्यक्ष चन्द

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार डडेल्धुरामा संघका सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशीको अध्यक्षमा साधारणसभा सम्पन्न भएको हो।

वार्षिक साधारणसभाको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गरे। कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटमा स्वर्णिम युग सुरु भएको बताए।

Amargadhi Education

उनले पछिल्लो समय नेपालमा क्रिकेटका धेरै गतिविधि सञ्चालन भएको दाबी गरे। खेलकुदमा संघीय सरकारले बजेट न्यून विनियोजन गर्ने गरेकोमा उनले दुख व्यक्त गरे।

बैतडी क्रिकेट संघको अध्यक्ष बन्दा गाविस सचिवबाट ५/५ सय रुपैयाँ चन्दा उठाएर खेल आयोजना गरेको स्मरण गर्दै उनले भने, ‘२०७२ सालसम्म क्यानले जिल्ला संघको शाखामा एक रुपैयाँ हाल्दैन थ्यो। अहिले नियमित रूपमा जिल्ला संघलाई एक लाख रुपैयाँ अनुदान दिइरहेको छौं।’

अध्यक्ष चन्दले सुदूरपश्चिम क्यानको प्राथमिकतामा रहेको बताउँदै प्रादेशिक संघले थप कार्यक्रम ल्याए सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे।

बझाङ क्रिकेट जिल्ला संघका अध्यक्ष प्रविन धामीले नेपाल क्रिकेटको विकासमा सुदूरपश्चिमको दबदबा रहेको बताए। तर, भौगलिक विकटता र पूर्वाधार अभावका कारण खेतमा खेलकुद गतिविधि आयोजना गर्नु परेको बताए।

अजयमेरु फाैजी केरा

नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले क्यानको नेतृत्व सुदूरपश्चिमले पाउनु सुदूरपश्चिमका लागि गौरवको कुरा भएको बताए। खेलाडीले खेलकुद गतिविधि सञ्चालन गर्न अझै चन्दा उठाउनु पर्ने बाध्यता कायमै रहेको उनको भनाइ छ।

खेलाडी छनोटमा राजनीति हुने आरोप लगाउँदै उनले खेलकुदमा राजनीति नगर्न आग्रह गरे।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मोजाको बल र काठको ब्याट बनाएर क्रिकेट खेलेको स्मरण गर्दै खल्ने खेल सामग्री, मैदान, प्रशिक्षक र बजेटको अभाव हुने गरेको बताए।

क्रिकेटको भविष्य राम्रो रहेकोले पालिकासँग समन्वय गर्न आफू साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशले नेपाल क्रिकेट संघको क्यालेन्डर बाहेक सुदूरपश्चिममा अन्डर १४ महिला, पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।

ग्रासरुट क्रिकेट र नियमित क्रिकेट गतिविधिले खेलाडी उत्पादनमा सहज हुनुका साथै युवाहरू कुलतमा फस्ने समस्या पनि हट्ने उनको भनाइ छ।

‘प्रदेशमा भएका प्रतिभावान खेलाडी प्रदेश छोडेर विभागीय टोलीमा जाने गरेका छन्। अब प्रदेशका महिला, पुरुष गरेर १० खेलाडीलाई १५/१५ हजार रुपैयाँ मासिक दिने व्यवस्था गर्दै छौं,’ उनले भने।

बाजुरा बाहेक सुदूरपश्चिमका ८ जिल्ला क्यानमा आवद्ध रहेका छन्।

साथै, साधारण सभाले २०६३ सालमा क्षेत्र नम्बर ६ स्थापन गर्न पहल गरी सचीव बनेर क्रिकेट गतिबिधि बढाउन उल्लेखनीय भूमिका खेलेकाे भन्दै सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहाकार तेजप्रकाश भट्टलाइ अभिनन्दन समेत गरेकाे छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.