समाजवादी प्रेस संगठनले लगायो महासंघको डडेल्धुरा शाखामा ताला

dream cafe
learnar

डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल डडेल्धुरा शाखाले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै आज (बिहीबार) तालाबन्दी गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

असोज १२ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको सदस्यता नामावलीमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नाम हटाउने र थप्ने काम भएको सो संगठनले जनाएको छ।

सह-सचिव टिकाराम साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’ ‘शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ। हाम्रो संगठन यस्तो खाले शुद्धीकरणको पक्षमा छैन।’

हेर्नुहोस् विज्ञप्ति : 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.