डडेल्धुराका इन्सपेक्टर द्वय थापा र भाटको सरुवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) द्वय वीरबहादुर थापा र गगनसिंह भाटको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत इन्सपेक्टर थापाको इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीमा सरुवा भएको छ।

उनको ठाउँमा इन्सपेक्टर उपेन्द्रबहादुर बम आउने भएका छन्। इलाका प्रहरी कार्यालय, जोगबुढामा कार्यरत इन्सपेक्टर भाटको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा सरुवा भएको छ।

उनको ठाउँमा इन्सपेक्टर सुरज रोकाया आउने भएका छन्। सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.