प्रचण्डको गाडीमा जब आरजुलाई बसाइयो…

dream cafe
learnar

धनगढी : आज (बुधबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिए।

उनीहरु बुद्ध एअरको उडान नम्बर बीएचए २५१ मा काठमाडौंबाट धनगढी आएका थिए।

Amargadhi Education

अध्यक्ष प्रचण्ड र मन्त्री आरजु धनगढी आउने भएपछि बिहानैदेखि धनगढी एयरपोर्टमा नेता, कार्यकर्ताको भिडभाड थियो।

अजयमेरु फाैजी केरा

प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो।

एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो।

त्यसपछि प्रचण्डलाई ल्याइयो। बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो। हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो।

अक्क न बक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.