टेक्ससमा मुनाको गोली हानी हत्या, थियो श्वेत अमेरिकी केटासँग प्रेम

dream cafe
learnar

काठमाडौं : टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ। उनको छातीमा धेरै गोली लागेको थियो।

२१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका गएकी थिइन्। उनी सो अपार्टमेन्टमा एक्लै बस्दै आएको जनाइएको छ।

Ird
HARDIK AGRo NEw

सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उनको मृत्यु भइसकेको जनाएका थिए।

प्रहरीले सन्दिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध गरेको छ।

ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ। पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उनको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो।

उनकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गरेकी छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.