१६ नेतासहित माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढी आइपुगेका छन्।

उनी बुद्ध एअरको उडान नम्बर बीएचए २५१ मा बिहान ९ बजे काठमाडौंबाट धनगढी आएकी हुन्। उनी माओवादीका १६ जना नेतासहित आएका हुन्।

Ird
HARDIK AGRo NEw

उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा छन्। नेताहरु शक्तिबहादुर बस्नेत, पम्फा भुषाललगायत अध्यक्षको टोलीमा रहेको बताइएको छ।

माओवादीले स्थानीय स्वास्थ तालिम केन्द्रमा सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श तथा प्रशिक्षण कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा सहभागी भएपछि टोलीलाई राति नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ।

उक्त कार्यक्रममा सहभागी हुन उपमहासचिव वर्षमान पुन र पूर्वमन्त्री बिनामगरसहितको नौ सदस्यीय माओवादी टोली अर्को उडानमा धनगढी गएको छ । टोली श्री एअरलाइन्सको उडानमा बिहान सवा ९ बजे काठमाडौंबाट प्रस्थान गरेको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.