सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

dream cafe
learnar

डडेल्धुरा : नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेकोे सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

Ird
HARDIK AGRo NEw

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.