कैलालीको घोडाघोडीका मेयरदेखि कर्मचारीलाई कार्यालयमै थुन्ने प्रयास

dream cafe
learnar

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीलाई स्थानीयले कार्यालयमै थुन्ने प्रयास गरेका छन् ।

जग्गाको विषयमा उत्पन्न विवाद सल्टाउन नगरपालिका कार्यालयमा आज बसेको बैठकमा लफडा चर्केपछि शिवशक्ति सामुदायिक वनका पदाधिकारी र स्थानीयले नगरपालिकाको गेटमा ताल्चा लगाउने प्रयास गरेका हुन् । वनको स्वामित्वमा रहेको जग्गामा नगरपालिकाले हकदावी खोजेको स्थानीयको आरोप छ ।

Amargadhi Education

बताइएअनुसार केही वर्ष पहिले वनले आफ्नो स्वामित्वमा रहेको जग्गामा नगरपालिकालाई भवन बनाउन दिएको थियो । नगरपालिका अगाडिको खालि ठाउँमा आफ्नै भवन बनाउने सामुदायिक वनको तयारी छ । तर, नगरपालिकाले त्यहाँ खुल्ला चौर राख्नुपर्ने जनाउँदै भवन बनाउन नदिने अडान लिएपछि समस्या जटिल बन्दै गएको हो ।

अजयमेरु फाैजी केरा

दुई सातादेखि जारी विवाद टुंगो लगाउन आज नगरपालिकामा बैठक बोलाइएको थियो । तर, मेयर खड्कबहादुर रावतले पुरानै अडान दोहोर्याउँदै नगरपालिका कार्यालयअगाडि कुनै पनि हालतमा भवन निर्माण गर्न नदिने बताएपछि विवाद थप चर्केको हो ।

त्यसपछि वनका पदाधिकारी र स्थानीय बाहिर निस्केर गेटमा ताल्चा लगाउने प्रयास गरेका थिए । तर, तत्काल प्रहरी परिचालन गरेर त्यसो हुन नदिइएको नगपालिकाका प्रवक्ता घनश्याम ओझाले जानकारी दिए ।

‘कुनै विपद् वा भवितव्यको कारण पीडित जनतालाई कहिलेकाहिँ दुई चार दिन टेन्ट÷पाल टाँगेर भए पनि राख्न सकियोस् भनेर हामीले त्यो जग्गा खाली नै राखौँ, तपाईंहरुले भवन अर्को ठाउँमा बनाउनुस् भनेका हौ’, उनले भने, ‘तर उहाँहरु मान्दै मान्नुहुन्न, फेरि यस्तो समस्या आक्रोशबाट समाधान गर्न सकिँदैन, संवादमा आउनुपर्यो, छलफल गर्नुपर्यो ।’

विवादपछि जिल्ला वन कार्यालयले सामुदायिक वनलाई पत्र पठाउँदै त्यही जग्गामा भवन बनाउनुपर्ने कारणबारे सोधनी गरिएको छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.