डडेल्धुरा जेसीजद्वारा बन्दनालाई आर्थिक सहयोग

dream cafe
learnar

डडेल्धुरा : साइकल दुर्घटनामा परि घाइते भएकी डडेल्धुराको अमरगढी नगरपालिका-५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूलाई डडेल्धुरा जेसीजले आर्थिक सहयोग गरेको छ।

डडेल्धुरा जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐरका अनुसार डडेल्धुरा जेसीजले २५ हजार दुईसय ६० रुपैयाँ सहयोग गरेको हो।

Amargadhi Education

जेसीज सदस्यबाट संकलन गरिएको उक्त रकम हिजो  (बुधबार) बन्दनाका आमाको खातामा जम्मा गरिएको अध्यक्ष ऐरले बताइन्।

बन्दना महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्। साउन ३१ गते अमरगढी नगरपालिका– ५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन।

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५० हजार खर्च भइरहेको छ।

दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ। बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्।

अजयमेरु फाैजी केरा

उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.