भलिबल खेलाडी कवितालाई समाजसेवी मल्लको सम्मान, ५० हजार दिने घोषणा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा घर भइ हाल जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लले नेपाली महिला भलिबल टिमकी सदस्य कविता भट्टलाई सम्मान गर्ने घोषणा गरेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा घर भएकी भट्टलाई मल्लले नगद ५० हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

डडेल्धुराको नाम राष्ट्रिय तथा अन्त्रर्राष्ट्रिय स्तरमा चिनाउन अहम भूमीका खेलेको भन्दै उनले सम्मान गर्ने बताएका छन्।

भलिबल खेलाडी भट्टले भर्खरै सम्पन्न भएको काभा वुमेन्स कपमा नेपालको तर्फबाट खेलेकी थिइन्।

अमरगढी नगरपालिका–४ खलंगाका मल्ल  हाल जापानमा व्यवसाय गरिरहेका छन्।

उनले यहाँका गरिब, अनाथ लगाएतका बालबालिका तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.