कोलेनिकाको बाइक सधै आइन्स्टाइनतिर, सीडीओलाई पनि नटेर्ने हाकिम शर्मा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको एक सरकारी मोटरसाइकल (बाइक)को चरम दुरुपयोग भइरहेको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, डडेल्धुराकाे मोटरसाइकल चरम दुरुपयोग भइरहेको हो।

Bohora madico

से १ ब २८१ नम्बरको मोटरसाइकल निमित्त प्रमुख कोष नियन्त्रक योगेन्द्रराज शर्माले चरम दुरुपयोग गर्दै आएका छन्।

कार्यालय प्रयोजनका लागि उनलाई मोटरसाइकल दिइएको भएपनि उनले घरायसी प्रयोजनमा समेत प्रयोग गर्दै आएका छन्।

HARDIK AGRo NEw

उक्त मोटरसाइकल सधै अमरगढी नगरपालिका-५ खलंगा स्थित आइन्स्टाइन पब्लिक स्कुल नजिकै भेटिन्छ। उक्त स्कुलमा उनको छोरी अध्ययनरत रहेको र उनले छोरीलाई  पुर्‍याउने र लैजाने गरेको बताइन्छ।

स्रोतका अनुसार हाकिम शर्माले मोटरसाइकलको दुरुपयोग गरिरहेकाे बारे जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको थियो। प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले समेत उनलाई सचेत गराएका थिए।

तर, सरकारी मोटरसाइकलमा रजाइँ गरिरहेका उनले सीडीओको निर्देशनलाई समेत लत्याएका हुन्।

हाकिम शर्माले उक्त मोटरसाइकल कार्यालय प्रयोजनका लागि भएपनि बच्चालाई स्कुलसम्म पुर्‍याउने गरेको स्विकार गरे।

उनले अबदेखि त्यस्तो नगर्ने समेत बताए।

शनिबार तथा विदाका दिन सरकारी सवारीसाधन सञ्चालन भइरहने भएपनि स्थानीय प्रहरी प्रशासन मूकदर्शक भइरहेको स्थानीयको आरोप छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.