डडेल्धुरा घर भएका पूर्वमन्त्री भट्टको निधन

dream cafe
learnar

डडेल्धुरा : पूर्ववन सहायक मन्त्री गणेशप्रशाद भट्टको निधन भएको छ।

अजयमेरु गाउँपालिका-३ मटेला पुर्खयाैली घर भएका भट्टको हिजो (शुक्रबार) ८३ वर्षको उमेरमा काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै  निवासमा निधन भएको हो।

Amargadhi Education

बुवा धनीराम भट्ट र आमा राधादेवीको कोखबाट विस १९९८ मा जन्मिएका थिए, उनी।

भट्ट बिएसीसम्मको अध्यन गरि पञ्चायतको राजनीतिमा सकृय भएका थिए। २०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत सभापति भएका उनी २०४३ मा राष्ट्रिय पञ्चायत  सदस्यमा निर्वाचित भएका थिए।

अजयमेरु फाैजी केरा

राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर उनले झापा लगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेको बताइन्छ।

भट्ट २०४४ मा वन सहायक मन्त्री बनेका थिए। उनकै कार्यकालमा नेपाल टर्पन टायल कम्पनी स्थापना भएको थियो।

उनले मन्त्री हुँदा तत्कालीन आलिताल, शीर्ष र जोगबुडा गाविसमा उच्च वन सुदृढीकरण आयोग गठन गरी उक्त आयोगद्वारा बसोबास प्रमाणित गरि त्यहाँको जग्गा नापजाँच गराइ घरघरमा लालपुर्जा वितरण गरेका थिए।

विस  २०४८ र २०५६ मा  राप्रपाबाट  भट्ट डडेल्धुरा प्रतिनिधि सभामा निर्वाचन लडेका थिए। तर, उनी दुबै पटक काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित हुन पुगे।

भट्ट जिल्लामा ´विकास पुरुष´का रूपमा परिचित थिए।डडेल्धुराको विकासका परिकल्पनाकार भट्टको निधनले डडेल्धुरावासी शोकमा डुबेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.