साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

dream cafe
learnar

काठमाडौ : अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै लडका उनलाई चोटपटक भने लागेको छैन्।

अजयमेरु फाैजी केरा

७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका थिए। ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा उनी लडेको देख्न सकिन्छ। उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए।

साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए। साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको देख्न सकिन्छ।

उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताएका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.