डडेल्धुरामा चितुवा मृत फेला

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा चितुवा मृत भेटिएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा आज (मंगलबार) बिहान चितुवा मरेको भेटिएको हो।

GBL NEW

मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको निमित्त कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए।

उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए।

उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.