नेपाल एसवीआई बैंक गन्यापधुरा शाखाद्वारा सिमेश्वरका ६५ विद्यार्थीलाई झोला

dream cafe
learnar

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका-२ कुजाकोट स्थित सिमेश्वर प्राविका विद्यार्थीलाई झोला वितरण गरिएको छ।

आज (शनिबार) नेपाल एसवीआई बैंक गन्यापधुरा शाखाले सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम अन्तरगत ६५ विद्यार्थीलाई झोला वितरण गरेको हो।

GBL NEW

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बैंकको उक्त कार्यले दूरदराजमा रहेका न्यून आय भएका विद्यार्थीहरूलाई महत्त्वपूर्ण योगदान पुगेको बताए।

बैंकका शाखा प्रबन्धक अरुण पौडेलले बैंकको गरेको सहयोगले विद्यार्थीहरूको पढाइमा सहयोग पुग्ने आशा व्यक्त गरे। साथै आगामी दिनमा समेत यस्तै कार्यक्रम सञ्चालन गर्दै जाने उनले बताए।

बैंकले अभिभावक तथा स्थानीयहरूलाई बैंकिङ साक्षरता सम्बन्धी तालिम पनि सञ्चालन गरेको छ।

यसअघि बैंकले गन्यापधुरा गाउँपालिका-४ मा रहेको भुवनेश्वरी माविमा अध्ययनरत अपाङ्गता रहेका विद्यार्थीहरूलाई ट्रायाकसुट प्रदान गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.