नवदुर्गा ४को लेकाली भेगमा पुग्यो विद्युत्, अध्यक्ष लक्ष्मीले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका – ४ का ग्रामीण भेगमा विद्युत्को पहुँच पुगेको छ।

गाउँपालिका-४ का ककडपानी, खटाैटे लगाएतका लेकाली गाउँमा विद्युत्को पहुँच पुगेको हो।

GBL NEW

हिजो (सोमबार) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले विद्युतको स्वीच थिचेर उद्घाटन गरे।

विगत चार वर्षदेखिको अथक प्रयास पश्चात् गाउँमा बिजुली बाल्न सफल भएको अध्यक्ष अवस्थीले बताए।

उनकाअनुसार बाँकी रहेको ठाउँमा पनि लगत्तै विधुत् विस्तार हुने छ।

सोलार, टुक्की तथा झोराको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरू विद्युत् पुगेपछि भने खुसी भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.