डडेल्धुराका खरिदार जोशीबिरुद्ध भ्रष्टाचार मुद्दा, बनाएका थिए नक्कली डकुमेन्ट

dream cafe
learnar

डडेल्धुरा : डडेलधुरामा एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ।

जिल्लाको आलिताल गाउँपालिकामा प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको तथ्य फेला परेको छ।

Bohora madico
HARDIK AGRo NEw

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज (आइतवार) विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको हो।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए।

उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टचार गरेको भन्दै भ्रष्टचारको मुद्दा दर्ता गरिएको छ। सोही प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म कार्यरत रहेको आयोगले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.