डडेल्धुरामा पहिरोमा परेर हेडसरको निधन, गएका थिए पानीको मुहान सफा गर्न

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–३ भिरकोटमा रहेको आदर्श ज्योति प्राविका प्रधानाध्यापक नवराज पनेरूको निधन भएको छ।

पहिरोमा परेर परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय पनेरूको मृत्यु भएको हो।

Ird
HARDIK AGRo NEw

शनिवार दिउँसो ४ बजेतिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए।

उनको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो।

इलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.