समाजसेवी मल्लद्वारा लरडाका विद्यार्थीलाई पोशाक सहयोग

dream cafe
learnar

डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका-३  रहेको लरडामा रहेको निलकण्ठ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक तथा ट्रयाक सुट वितरण गरिएको छ।

विद्यालयमा अध्ययनरत अनाथ, टुहुरा तथा विपन्न  विद्यार्थी छनौट गरी युवा समाजसेवी विनय प्रकाश मल्लले पोशाक तथा ट्रयाक सुट वितरण गरेका हुन्।

Amargadhi Education

आज (शुक्रबार) एक कार्यक्रमका बीच १० जना विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरिएको हो।

अजयमेरु फाैजी केरा

विगतमा पनि विद्यालयमा अक्षयकोष स्थापनाका लागि मल्ले सहयोग गरेको स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक दिपकसिंह भण्डारीले उनलाई धन्यवाद दिए।

मल्लले अमरगढीका सबै वडाबाट अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनाैट गरेर एक सयभन्दा बढी बालबालिकालाई ट्रयाक सुट तथा पोशाक वितरण गरिसकेका छन्।

अमरगढी नगरपालिका-४ खलंगा घर भएका मल्ल हाल जापानमा रहेका छन्।

जापानमा कमाएको पैसा उनले यहाँकाे सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.