घाँटी रेटिएको अवस्थामा फेला परेका डम्बर अस्ताए

dream cafe
learnar

डडेल्धुरा: घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्बरदेव भट्ट सन्तोष को मृत्यु भएको छ।

भट्टको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए। घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो।

डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिबार दिउँसो उनको धनगढीमा मृत्यु भएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आफू आर्थिक समस्यामा रहेको उनले आफूनिकट साथीहरूलाई बताउँदै आएका थिए।

भट्ट शुक्रबार साँझबाट परिवारका सदस्यसँग सम्पर्कमा थिएनन्। रातिसम्म घर नफर्किएपछि उनका आफन्तले खोजी गरेको तर भेटिएका थिएनन्। उनी सब ओभरसियर समेत हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.