अमरगढी पूर्ण खोप सुनिश्चितता नगर घोषणा

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ।

आज ( बुधबार) एक कार्यक्रमका बीच ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ अमरगढीलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

कार्यक्रममा नगरलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख भण्डारीले नगर प्रमुख डिल्लीराज जोशीलाई हस्तान्तरण गरेका थिए।

नगर प्रमुख जोशीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने सुझाए।

२०८० चैत महिनादेखि ०८१ जेठ महिनाभित्र जन्मेदेखि १५ महिना र १६ देखि ५ वर्षसम्मका बालबालिकाले पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.