सशस्त्र डडेल्धुराका डीएसपी पालको सरुवा, कैलालीबाट श्रेष्ठ आउने

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालको सरुवा भएको छ।

डीएसपी पालको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुला सरुवा भएको हो।

GBL NEW

पालको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीमा कार्यरत साजेन्द्रप्रसाद श्रेष्ठ आउने भएका हुन्।

डडेल्धुरामा रहँदा पालले उत्कृष्ट कमाण्डरको छबि बनाएका थिए।

गत चैतमा सशस्त्र प्रहरी नेपाल नं ७ अत्तरियाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सशस्त्र प्रहरी नेपाल नं ५२ गुल्म डडेल्धुराले उत्कृष्ट युनिट र सप्रनाउ पालले उत्कृष्ट कमाण्डरको पुरस्कार पाएका थिए।

२०८० असोज १ गते प्रकाशित कमाण्ड पूर्वानुमान सूचीको आधारमा २३७ जना डिएसपीको सरुवा र १४ जनाको काज सरूवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 २ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका डीएसपीहरुलाई एकसाथ सरुवा गरिएको हो। सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।

पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.