रोपाइँको खाना खाँदा परशुराममा २० भन्दा बढी बिरामी

dream cafe
learnar

डडेल्धुराः डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकै साथ बिरामी परेका हुन्।

GBL NEW

जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार (हिजो) बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन्।

रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए।

अस्पतालमा अहिले २० जनाभन्दा बढी मानिस उपचार गराइरहेका छन् भने ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए।

उनका अनुसार फुड पोइजनबाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेस्टबाट मात्र रोगको पहिचान हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.