बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालको ओपीडी कक्षमा सेवा दिँदै मेडिकल कलेजका डिन डा. हेमनाथ

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम विश्व विद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुरा मेडिकल कलेजका डिन प्राध्यापक डा. हेमनाथ जोशीले डडेल्धुरा अस्पतालको ओपीडी कक्षमा सेवा दिइरहेका छन्।

आज (सोमबार) देखि डा. जोशीले ओपीडी कक्षमा सेवा दिन सुरु गरेका हुन्।

CNA

डा. जोशीले अस्पतालमा सर्जरी र युरोलोजिष्ट सेवा दिइरहेका छन्।

उनले ओपीडीमा बिरामी हेर्ने र सम्बन्धित रोगको अप्रेसन गर्ने गरि सेवा दिन थालेको सिमाना न्युजलाई जानकारी दिए।

GBL NEW

नियमित एकेडेमीक प्रोग्रामसँग‌ अस्पतालमा सेवा दिने कार्य गर्ने उनको भनाइ छ।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डा. जोशी आफैंमा युरोलोजिष्टको विज्ञ भएको कारण अस्पतालमा आउने बिरामीलाई राहत मिल्ने बताए।

डा. जोशीले डडेल्धुरा अस्पतालमा बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पढाइ सुरु हुनु अगाडि पनि ओपीडी कक्षमा सेवा दिएका थिए।

गत माघदेखि बिएमएलटीको पढाइ सञ्चालनमा आएको छ। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने घोषणा गरेपछि पाँचवटा विषयको अध्यापन अनुमति मागिएको थियो।

तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो। एमबीबीएस पढाइ सुरु गर्न भने कम्तीमा पनि तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति हुन आवश्यक छ।

अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.