गृहमन्त्रीलाई कानुन विपरीत कार्य नगर्न इन्सेकको आग्रह

dream cafe
learnar

डडेल्धुरा : अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउनु पर्ने गरेको निर्णय कानुन विपरीत भएको जनाएको छ।

इन्सेकले आज (शुक्रबार) जारी गरिएको  विज्ञप्तिमा गृहमन्त्री लामिछानेले गरेको उक्त निर्णय कानुन विपरीत भएको जनाएको हो।

Ird
HARDIK AGRo NEw

 

विज्ञप्तिमा भनिएको छ,´उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयमसेवक नाम दिएर श्रममा खटाउन थालेको र सवारी ऐनमा व्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन हो। कसैको लहडमा गरिने यस्ता निर्णय र कार्यक्रमले समाजमा अराजकतालाई बढवा दिने वा कानुन विहीनताको अवस्थालाईमात्रै प्रश्रय गर्दछ।`

गृहमन्त्रीको आदेशपछि जेठ १६ गते बिहानदेखि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लङ्घन र लेन अनुशासन पालना नगरेकोमा आर्थिक जरिवानासहित थप एक घण्टा स्वयंसेवकका रूपमा श्रम सजाय दिन थालेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.