मानवअधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

dream cafe
learnar

धनगढी : मानव अधिकार रक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा धनगढीमा मानव अधिकार रक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो।

Amargadhi Education

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुले मानव अधिकारको अनुगमन गरी, नागरिकलाई कर्तव्यनिष्ठ बनाउदै, जनताका कुण्ठित भएका आवाज उठान गरी राज्यलाई खबरदारी र जवाफदेही बनाउनु पर्ने बताए।

अजयमेरु फाैजी केरा

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सिमान्तकृत वर्गको अधिकार संरक्षण, मानव अधिकार अनुगमन, तथ्य संलकन एवंम अनुसन्धान र मानव अधिकारको सम्मान तथा संरक्षणका लागि राज्यको दावित्व विषयमा सहजीकरण गरे।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना संकलन तथा अभिलेखिकरण, यसको उद्देश्य, विधि, अभिलेखिकरणले ल्याएको परिणाम र यसको महत्वको बारेमा सहजीरकण गरेका थिए।

दलित अधिकार मञ्चकी संयोजक सृजना पराजुलीले घटनाको अभिलेखिकरणसँगै पीडितहरुले न्याय पाए नभएको अवस्थाका बारेमा  पनि अद्यावधिक गरी पीडितको पक्षका थप वकालत गर्न आवश्यक रहेको बताए।

क्षमता अभिवृद्धि कार्यक्रम मानव अधिकारको क्षेत्रमा क्रियाशिल सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका मानवअ अधिकार समूहका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.