डडेल्धुराका डम्बर बन्दुकसहित पक्राउ, काकामाथि गरेका थिए फायर

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बरबहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

GBL NEW

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए।

प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.