घटाल थानमा जलधारा [तस्वीरसहित]

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा जलधारा लगाइएको छ।

आज (शनिबार) घटालका कारिन्दाले जलधारा लगाएका हुन्। जलधारा भन्नाले खडेरी पेरका बेला घटाल बाबासँग पानी माग्ने लगाइने पूजा बुझिन्छ।

GBL NEW

जलधारा लगाउँदा घटाल थानमा रहेको घट्टमाैरामा घटालका कारिन्दाले पानीले भर्ने गरेका छन्।

घटालले चाहेमा ५ घडा पानीले पनि घट्टमाैरा भरिने र नचाहे दिनभर पानी हाल्दा पनि नभरिने गरेको स्थानीय देवराज ने जैसीले बताए।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ।

खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको घट्टमाैरामा पानी हाल्छन् र वर्षाको कामना गर्छन्।

घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ।

तस्बिरमा हेर्नूस् जलधारा :

Ddl dental
Leave A Reply

Your email address will not be published.