सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने, एमाले पनि तयार

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि विश्वासको मत लिने भएका छन्।

यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म विश्वासको मत लिने समयमा प्रदेश सभा बैठक स्थगित गरिएको थियो।

GBL NEW

२१ गते र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ।

उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।

‘हामी भोलि विश्वासको मत दिन्छौँ ’ उनले भने, ‘आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ। भोलि विश्वासको मत लिने निर्णय हुन्छ।’

वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ।

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ। अहिलेसम्म नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्।

ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन्। सुदूरपश्चिममा ५३ सांसद छन्। सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ।

यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन्।

नाउपामा आन्तरिक विवाद छ। रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.