बोहरा मेडिको सेन्टर

डडेल्धुरा सदरमुकामको कालोपत्रे सडकमा दिन दहाडै चल्छ  ‘टेन्डम रोलर’ (भिडिओसहित)

dream cafe
learnar

डडेल्धुरा :  कालोपत्रे सडकमा टेन्डम ड्रम अर्थात् रोलर गुडाउन पाइँदैन।

तर, जिल्ला सदरमुकाम डडेल्धुरामा भने दिन दहाडै  प्रहरी, प्रशासनको अगाडि टेन्डम ड्रम गुडाउँदा पनि प्रहरी, प्रशासन माैन रहन्छ।

CNA

आज (सोमबार) दाना निर्माण सेवा प्रालिको टेन्डम ड्रम अमरगढी नगरपालिका-१ स्याउलेदेखि अमरगढी नगरपालिका-७ पोखरासम्म गुडेर गयो।

८.५ टनको से १ क १४४७ नम्बरको टेन्डम ड्रम कालोपत्रे सडकमा गुडिरहेको देख्दा पनि प्रहरी, प्रशासन माैन रह्यो।

सडक डिभिजन कुलपातेको लगानीमा भीमदत्त राजमार्ग अन्तरगत मोड सुधारको काम चलिरहेको छ। सो मोड सुधारको ठेक्का दाना निर्माण सेवा प्रालिले पाएको छ।

सोही सडक निर्माणका लागि सो ड्रम कालोपत्रे  सडक भएर निर्माण स्थलसम्म पुगेको हो। कालोपत्रे बिग्रिने भएकोले ठूलो ड्रम वा स्काभेटर गुडाउन पाइँदैन।

GBL NEW

सडक डिभिजन कुलपाते डोटीका प्रमुख रमेश भट्टराई पनि ठूलो ड्रम/ रोलर कालोपत्रे सडकमा गुडाउन नमिल्ने बताउँछन्।

उनले भने, ‘मैले पनि नगुडाउनु भनेको हो। कालोपत्रे सडकमा किन गुड्दैछ।  म बुझ्छु, भत्केको ठाउँमा बनाउन लगाउँछु।’

यश विषयमा जिल्ला प्रशासन कार्यालय डडेलधुरा बेखबर छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले सो विषयमा अनविज्ञ रहेको प्रतिक्रिया दिए।

हाल जिल्ला सदरमुकामको सडकमा रहेको खाल्डाखुल्डी पुरिने कार्य भइरहेको छ।

सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले मनोमानी गर्दा समेत प्रशासन मौन रहदा  सडकको दुरा अवस्था बढ्ने चिन्ता स्थानीयमा छ।

यश विषयमा बुझ्न निर्माण कम्पनीका सञ्चालकलाई फोन गर्दा फोन उठेन।

हेर्नुहोस् भिडियो :

https://www.facebook.com/share/v/TY76eYkiXvcrfd9s/?mibextid=oFDknk

Ddl dental
Leave A Reply

Your email address will not be published.