अछाममा चट्याङ लागेर बालकको मृत्यु

dream cafe
learnar

अछाम : हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ।

सोमबार बेलुकी परेको चट्याङले रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको निधन भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलम‌ै निधन भएको पूर्व वडाध्यक्ष खडक भण्डारीले जानकारी दिए।

फोनको नेटवर्क नभएका कारण बिहान मात्रै प्रहरीलाई जानकारी दिएको भण्डारीको भनाइ छ।

सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.