डडेल्धुराका एग्रोभेटमा अनुगमन, मानव स्वास्थ्यमाथि यस्तो खेलबाड ! (भिडिओसहित)

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा सञ्चालनमा रहेका एग्रोभेटको अनुगमन गरिएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा आज (आइतबार)  एग्रोभेटको अनुगमन गरिएको हो।

Amargadhi Education

अनुगमनका क्रममा जापानमा उत्पादन गरिएका र नेपालमा उत्पादित केहि ब्राण्डको बिउहरुमा म्याद समाप्त मिति उल्लेख नभएको समेत भेटिएको छ।

बगरकोट रोडमा रहेको पारस एग्रोभेटमा म्याद गुज्रिएको औंषधि भेटिएपछि एकदिन भित्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

अजयमेरु फाैजी केरा

साथै उसले विषादीसँगै कुखुराको दाना र अण्डा समेतसँगै राखेर मानव स्वास्थ्यमाथि खेलबाड गरिरहेको पाइएपछि तत्काल कमजोरी सुधार्न र अटेरी गरे कारबाही गरिने चेतावनी दिइएको छ।

कृषिज्ञान केन्द्रको वार्षिक कार्यक्रम अन्र्तगत एग्रोभेटहरुको अनुगमन र नियमन गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरुले जानकारी दिए।

उनले नेपाल सरकारले सिफारिसभन्दा बढी  बिक्री भएको र विषादी चरम दुरुपयोगबाट रोक्नुका साथै पर्यावरणमा पनि असर पर्ने भएकोले  यसलाई नियन्त्रण गर्न अनुगमन गरिएको बताए।

अनुगमनमा कृषि ज्ञानकेन्द्रका प्राविधिक कर्मचारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, नेपाल पत्रकार महासंघका प्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधी, कर कार्यालयका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न संचार माध्यममा आवद्ध संञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

हेर्नुहोस् भिडियो :

https://www.facebook.com/share/v/MiKG2TMQcwKjhn4F/?mibextid=oFDknk

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.