दार्चुलाका सिडिओ जोशीलाई हाकिमले नटेरेपछि…

dream cafe
learnar

दार्चुला: दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी सहभागी पहिलो कार्यालय प्रमुख बैठकमा बहुमत हाकिमहरूको अनुपस्थिति देखिएको छ।

एक महिनाअघि मात्रै आएका जोशीले वैशाख ६ गते बैठक डाकेका थिए। हरेक महिनाको ५ गते नियमित यस्तो बैठक राख्ने तालिका छ।

GBL NEW

वैशाख ५ गते रामनवमी पर्वको बिदाका कारण भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरिएको थियो। चैत्रको दोस्रो साता होलीपर्व चलिरहँदा सिडिओ जोशीले दार्चुलाको जिम्मेवारी सम्हालेका थिए।

जोशीले राजनीतिक दल, पत्रकारसहित सरोकारवालाहरूबीच परिचयात्मक बैठक गत महिना नै आयोजना गरेका थिए। धेरैजसो कार्यालय प्रमुखहरूसंग सम्पर्क र अनौपचारिक भेटघाट गरिए पनि कार्यालय प्रमुखहरूसंगको औपचारिक बैठक भने वैशाख ६ गते मात्रै आयोजना गरिएको हो।

तीन दर्जन सरकारी कार्यालयमध्ये १५ का प्रमुख मात्रै बैठकमा सहभागी भएका छन्। १३ वटा कार्यालयबाट निमित्तले सहभागिता जनाए पनि ७ वटाबाट भने कोही पनि आएनन्।

आफू सहभागी पहिलो बैठकमै २० भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित भएपछि उनी एक्सनमा उत्रिएका छन्। अनुपस्थित ७ कार्यालय प्रमुखलाई लिखित स्पष्टीकरण सोधिएको छ।

बैठकको भोलिपल्ट दार्चुला भन्सार कार्यालय, नेपाल टेलिकम, पशु क्वारेन्टाइन चेकपोष्ट, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्ला समन्वय समिति, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय प्रमुखलाई अनुपस्थित हुनुको कारणबारे लिखित स्पष्टीकरण सोधिएको छ।

बैठकमा कार्यालय प्रमुख स्वयं अनिवार्य उपस्थित हुन जोशीले सबै प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

वैशाख ६ गतेको बैठकमा वन, जिल्ला अस्पताल, तथ्यांक, घरेलु, कारागार र सामाजिक विकास कार्यालयबाट प्रमुखहरूको अनुपस्थिति रहेको भन्दै प्रतिनिधि सहभागी भएका थिए।

त्यसैगरी, कृषि ज्ञान केन्द्र, हुलाक, भू तथा जलाधार व्यवस्थापन, खानेपानी, आयुर्वेदिक र शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयबाट पनि प्रतिनिधिहरूको सहभागिता थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.