हस्तान्तरण नभएकोे भवनमा डडेल्धुरा अस्पतालको ओपिडी सेवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालको बहिरङ्ग अर्थात् ओपीडी सेवा निर्माण कम्पनीले हस्तान्तरण नगर्दै नयाँ भवनबाट सुरू गरिएको खुलेको छ।

निर्माणको ठेक्का पाएको केएस कन्ट्रक्सनले अस्पताललाई भवन हस्तान्तरण गरेको छैन्। निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरे मात्रै अस्पतालले सेवा सुरू गर्नु पर्ने हो।

Ird

तर, अस्पतालले भने मनलाग्दी गरेको खुलेको हो। ३३ करोडको लागतमा ०७८ पुस ९ गते काम सम्पन्न गर्ने गरी ०७५ पुस ९ गते ठेक्का सम्झौता भएको थियो।

पटकपटक म्याद थप भए पनि भवनको निर्माण भने अझै सम्पन्न नभएको बताइएको छ।

पूर्ण रूपमा सम्पन्न नभएको भवनमा सेवा सुचारू गरिएपछि स्थानीयले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझा र अस्पतालका निमित्त मेसु सन्तोष गुप्ताको नियतमाथि प्रश्न उठाइरहेका छन्।

ओपिडी सेवा नयाँ भवनमा सुरू भए लगत्तै स्वास्थ्य मन्त्रालयको टोली अनुगमनका लागि डडेल्धुरा पुगेको थियो।

HARDIK AGRo NEw

अनुगमनपछि आधारभूत सेवा मापदण्ड कार्यान्वयनमा डडेल्धुरा अस्पताल देशभरीमै उत्कृष्ट पाँचौमा पर्न सफल भएको थियो।

तर, अध्यक्ष र मेसुले मन्त्रालयको टोलीलाई अस्पतालको सेवा सुधार भएको देखाउन र नतिजा उत्कृष्ट पार्न हस्तान्तरणनै नभएको भवनमा सेवा सुरू गरिएको बुझिएको छ।

हस्तान्तरण नगरिकनै भवनमा सेवा सुचारू गर्नु गलत भएको स्वयंम मेसु गुप्ता बताउँछन्। उनले सिमाना न्युजसँग कुरा गर्दै  समाचार बाहिरीए म्यासेज  गलत जाने भन्दै नलेख्न अनुरोध समेत गरे।

उनी भन्छन्, ‘अस्पतालको भवन पूर्ण रूपमा सम्पन्न नहुँदै पूर्ण रूपमा सेवा दिन मिल्दैन्। पुरानो भवनमा सेवा दिँदा समस्या हुने भएकोले नयाँ भवनमा ओपिडी सेवा सुरु गरिएको हो।’

उनले शहरी विकासबाट सहमति लिएर र ठेकेदारलाई भनेर सारेका जानकारी दिए।

अस्पताल विकास समिति अध्यक्ष ओझाले एग्रिमेन्टमै अस्पताललाई चाहिएको खण्डमा सार्न सकिने व्यवस्था रहेको जानकारी दिए।

उनले काम अन्तिम चरणमा रहेकोले निर्माण कम्पनीले यो महिना हस्तान्तरण गर्ने जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.