डडेल्धुरा अस्पताल देशभरिमै उत्कृष्ट पाँचाैंमा पर्न सफल

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरा देशभरिमै उत्कृष्ट पाँचौंमा पर्न सफल भएको छ।

स्वास्थ्य मन्त्रालयको टोली आएर तीन दिनसम्म सबै वार्डहरुमा अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा डडेल्धुरा अस्पताल उत्कृष्ट पाँचमा परेको हो।

Amargadhi Education

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले नेपालगन्जस्थित भेरी अस्पताल संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको र डडेल्धुरा अस्पताल उत्कृष्ट पाँचमा पर्न सफल भएको जानकारी दिए।

उनले अघिल्लो वर्ष ५२ र त्यसअघिको वर्ष ३० अंक मात्रै पाएको अस्पतालले यसपटक ६५ अंक प्राप्त गरेको बताए।

अजयमेरु फाैजी केरा

मूल्याङ्कनका क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिन्छ।

अस्पतालले पाएको अंक हेर्दा अघिल्ला वर्षहरुको तुलनामा आधारभुतस्तरीय सेवा मापदण्डमा सुधार भइरहेको बुझिएको छ।

डडेल्धुरा अस्पताल सुदूरपश्चिमको एकमात्र संघीय अस्पताल हो।

०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो।

०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो।

स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.