बैतडीका गोरख दुई वर्ष जेल बसेर पनि चेतेनन्, फेरि पसल फोडे

dream cafe
learnar

डडेल्धुरा : बैतडी घर भइ डडेल्धुरामा चोरी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द रहेका छन्।

अजयमेरु फाैजी केरा

चन्दले डडेल्धुराको भागेश्वर गाँउपालिका–३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करबिर ऐरले जानकारी दिए।

Amargadhi Education

ऐरका अनुसार, चन्दले पसलको मूलढोकामा लगाएको कुण्डी र ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए। तर, प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो।

डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ। चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए। उनले छुटेकै दिन चोरी गरेका हुन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.