जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

dream cafe
learnar

डोटीः डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ। ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो।

बासमती धान विक्री गर्नका लागि बजारको समस्या छैन। उत्पादित भएको धान सबै बिक्री हुन्छ। बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन्।

Ird

स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन्। एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन्। जोरायल–४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा रु ३० देखि ३५ लाखको कारोबार गर्छ।

विसं २०६९ मा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिए। किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उनले बताए।

‘हामी किसानबाट बासमती धान प्रतिकिलो रु ६५ देखि ७० मा खरिद गर्छौँ र चामल प्रतिकिलो रु एक सय २५ देखि एक सय ३० मा बिक्री गर्छौँ’, व्यवसायी मडैले भने।

मडैजस्तै बासमती चामलको व्यापार गर्दै आउनुभएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब रु १० लाखबराबरको कारोबार गर्छन्। उनीदुई वर्षयता जोरायली बासमती चामलको व्यापार गरिरहेका छन्।

HARDIK AGRo NEw

यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए। उनले भने, ‘चामलको माग धेरै हुन्छ, ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो माग भएमा ५० किलो उपलब्ध गराउँछौँ।’

मडै र बोहराजस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन्। व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन्।

जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार हुन्। मिलमा प्याकिङ भएको चामल प्रायः थोकमा बिक्री हुन्छ।

यो धान वर्षमा रु एक करोडभन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ। गाउँपालिकाले ‘जोरायली बासमती धान’लाई अग्र्यानिक ब्राण्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तारजस्ता काम गरिरहेको गाउँपालिका अब अग्र्यानिक ब्राण्ड बनाउन लागेको उनले बताए।

अध्यक्ष ओझाले भने, ‘बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अग्र्यानिक ब्राण्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ, सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ।’

जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ।

जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्यालालगायतका ठाउँमा यो धानको खेती गरिन्छ। पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसान बीउ संरक्षणमा लागेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.