कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो नियन्त्रणमा

dream cafe
learnar

डडेल्धुरा : कैलाली र बर्दियाको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ।

ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए।

Ird
HARDIK AGRo NEw

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो। ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए।

इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका छन्।

आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.