बोहरा मेडिको सेन्टर

देउवा समूहमा गुटको टकराव, डडेल्धुरा कांग्रेसमा सचिव चयनमै सकस

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसको देउवा समूहभित्रको आन्तरिक गुटबन्दीले जिल्ला कार्यसमिति गठन प्रक्रिया नै अलपत्र परेको छ।

जिल्ला अधिवेशन भएको लामो समय बितिसक्दा पनि दुई सचिव पदमा सहमति जुट्न नसकेपछि कार्यसमितिले पूर्णता पाउन सकेको छैन।

CNA

गत कात्तिक १४ र १५ गते सम्पन्न जिल्ला अधिवेशनमा सभापति चयन गर्न पाँच दिनसम्म रस्साकस्सी चलेको थियो। लामो खिचातानीपछि डिल्लीराज जोशी सभापतिमा चयन भएका हुन्।

तर, सभापति चयनको गाँठो फुके पनि सचिव पदको विवाद भने अझै सुल्झिन सकेको छैन।

अधिवेशनका क्रममा सभापतिका आकांक्षी लक्ष्मीप्रसाद अवस्थीले सचिव पद पाउने सहमतिपछि सभापतिको दाबी छोडेको चर्चा कांग्रेस वृत्तमा छ।

उनकै सहमतिमा डिल्लीराज जोशी सभापतिमा निर्विरोध भएको बताइन्छ।

तर, सचिव पदमा अवस्थी पक्षबाट उत्तरा रोस्यारा र जोशी पक्षबाट जगत ऐरलाई बनाउने सहमति जुटेपनि

कर सप्ताह २०८३

गोकुल शाहीले समेत सचिव पदमा उम्मेदवारी दिएपछि विवाद थप पेचिलो बनेको छ।

देउवा समूहभित्रको विवाद सचिव पदमा मात्रै सीमित छैन। सभापतिदेखि अन्य पदाधिकारी चयनमा भएको सहमतिप्रति कांग्रेस नेता वीरेन्द्र थापा पनि असन्तुष्ट छन्।

उनले सभापति चयन भएका जोशीलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए।

देउवा पक्ष एउटै भए पनि पार्टीभित्र तीनवटा गुट सक्रिय हुँदा नेतृत्व चयन प्रक्रिया प्रभावित भएको एक नेताले बताए।

ती नेताका अनुसार सभापतिका आकांक्षी अवस्थीलाई सहमतिमा ल्याउन उनले सिफारिस गरेको व्यक्तिलाई सचिव बनाउने मौखिक सहमति भएको थियो।

तर, उक्त सहमति कार्यान्वयनमा नआउँदा विवाद लम्बिएको हो। देउवा कांग्रेसभित्र पूर्वबीपी कांग्रेस पृष्ठभूमिका नेताहरू हाबी हुन थालेको भन्दै असन्तुष्टि बढेको पनि बताइन्छ।

निर्वाचन अधिकृत सुरेन्द्रसिंह ऐरले सबै सदस्य तथा पदाधिकारीको टुंगो लागेपनि सचिवको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।

उनका अनुसार तिहारको समय भएकोले अधिवेशन प्रक्रिया लम्ब्याइएको हो। चाँडै पार्टीका नेताहरुसँग छलफल गरेर बाँकी रहेको अधिवेशन प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.