बोहरा मेडिको सेन्टर

तरुण दलको ७४औँ स्थापना दिवसमा परशुरामधाममा सरसफाइ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल परशुरामधाममा सरसफाइ गरिएको छ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा मंगलबार नेपाल तरुण दल परशुराम नगर कमिटीको आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो।

health office dashin
CNA

सरसफाइ कार्यक्रममा नेपाल प्रहरी तथा भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र विष्टलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्व नगरप्रमुख विष्टले सामाजिक सेवा, वातावरण संरक्षण र समाजप्रतिको जिम्मेवारी निर्वाह गर्न युवाहरूको सक्रिय भूमिका महत्त्वपूर्ण हुने बताए।

धार्मीक तथा पर्यटकीय स्थलको स्वच्छता कायम राख्न युवाहरूले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो।

नेपाल तरुण दल परशुराम नगर कमिटीका अध्यक्ष अर्जुन बोहराले स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै परशुरामधामको सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.