बोहरा मेडिको सेन्टर

लागूऔषध मुद्दामा कैद र जरिवाना तोकिएका डडेल्धुराका रोशन पक्राउ

dream cafe
learnar

डडेल्धुरा : लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका एक व्यक्ति डडेल्धुराबाट पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–५ तुफानडाँडा निवासी ३५ वर्षीय रोशन गैरेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।

health office dashin
CNA

जिल्ला अदालतको फैसलाअनुसार गैरेलाई लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.